समाज


४९ वर्षीय छोराको हत्या गरेको आरोपमा ७६ वर्षका बावु पक्राउ

४९ वर्षीय छोराको हत्या गरेको आरोपमा ७६ वर्षका बावु पक्राउ

नेपालखबर
पुस २१, २०८१ आइतबार १३:३३, काठमाडौँ

आफ्नै छोराको हत्या गरेको आरोपमा सिन्धुली प्रहरी ७६ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ। 

४९ वर्षीय माइला भन्ने लिलाबहादुर पुर्कोटी सार्कीको हत्या गरेको अभियोगमा प्रहरीले हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई शनिबार राति पक्राउ गरेको हो।

घरायसी विवादमा डोमान सिंहले गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले आरोपी वृद्धलाई घरबाटै पक्राउ गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad