ad ad

समाज


जंगली हात्तीको डरले रातभर सुत्दैनन् बराहक्षेत्रका स्थानीय

प्रत्येक रात टर्चलाइट बालेर हात्ती धपाउँछु: हरिकृष्ण भट्टराई
जंगली हात्तीको डरले रातभर सुत्दैनन् बराहक्षेत्रका स्थानीय

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८१ शनिबार ६:५८, सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ। उनले एक हप्तादेखि राति सुत्नै छाडेका छन्। रातको समयमा दैनिक आउने जङ्गली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले उनले सुत्न नपाएका हुन्।

प्रत्येक रात ‘टर्चलाइट’ बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या नै भएको उनले बताए। दिनभरि बाहिर काम गरेर रातिको समयमा खाना खाएर आराम गर्नका लागि आएका बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारणले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ। 

‘रातिको समयमा आउने हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको छ,’ उनले भने।

भट्टराई जस्तै बराहक्षेत्र–२, पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै रहेको छ । दैनिक रुपमा कोशी टप्पु वन्यजनतु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारणले समस्या हँदै आएको छ । भदौै १२ गते मात्र बाहिरबाट गलेर आएका बेलामा खाना खाएर सुते पनि आएको हात्तीको समूहले घरमा क्षति पु¥याएको उनले बताए। यी दुईजना त मध्यवर्ती क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन्।

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीको कारणले आर्थिक तथा भौतिक क्षति गर्ने गरेको छ । हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त भएको छैन । क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्नका लागि पटक–पटक स्थानीयले माग गरेका छन्। 

कोशी टप्पु आरक्ष प्रशासनसमेत हात्तीका कारणले समस्या हुँदै आएको र यसबाट पीडित भएकालाई सुविधा सहज रुपमा उपलब्ध गराउँदै आएको जनाएको छ। 

साउनदेखि यता अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले क्षतिपूर्तिका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा सिफारिसका लागि आएको बराहक्षेत्र–२ का वडाअध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .