समाज


जाजरकोटमा युवकको शव फेला, स्थानीयले पारे सडक अवरुद्ध

जाजरकोटमा युवकको शव फेला, स्थानीयले पारे सडक अवरुद्ध

नेपालखबर
फागुन २४, २०८१ शनिबार १६:३१, सुर्खेत

जाजरकोटको शिवालय गाउँपालिका-१ नजिकै युवकको शव फेला परेको छ। शनिबार बिहान अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार शनिबार बिहान भेटिएको शव जाजरकोटकै छेडागाड नगरपालिका १२ का राजु सिंहको हो। 

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले भेटिएको शवमा केही चोट देखिएको बताए। उनले भने, ‘भेटिएको शवमा केही चोट देखिएको छ। स्थानीयका कारण शव उठेको छैन्। मृत्युको कारण चाँही पोष्टर्माटम रिर्पोटपछि थाहा होला।’

शव भेटिएपछि स्थानीयले बिहानैदेखि शिवालय गाउँपालिकादेखि छेडागाड नगरपालिका जोड्ने सडक अवरुद्ध पारेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad