समाज


ट्रकसँग ठोकिँदा कन्टेनर चालकको मृत्यु, २ जना घाइते

ट्रकसँग ठोकिँदा कन्टेनर चालकको मृत्यु, २ जना घाइते

नेपालखबर
भदौ १८, २०८२ बुधबार ७:२३, काठमाडौँ

नवलपरासी पूर्वमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली नगरपालिका-१५ लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। 

दुर्घटनामा कन्टेनर चालक नवलपरासीकै सुस्ता गाउँपालिका-१ का ३५ वर्षीय माधव पंगेनीको मृत्यु भएको हो। 

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

दुर्घटनामा कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका ७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरीको बर्दिवास नगरपालिका-११ का ३० वर्षीय बिच बहादुर थिङ घाइते भएका छन्।

उनीहरुको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना.२ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको प्र- २-०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad