ad ad

समाज


विवाह गरेको ६ महिनापछि बेहुली जब पुरुष बनेर निस्किइन्

विवाह गरेको ६ महिनापछि बेहुली जब पुरुष बनेर निस्किइन्

नेपालखबर
असार ८, २०८० शुक्रबार १९:२१, काठमाडौँ

उदयपुरको बेलका नगरपालिका ६ का नम्बर राईले बिहे भएको ६ महिनापछि श्रीमती शर्मिलाविरुद्ध प्रहरी गुहारेका छन्। श्रीमती लैङ्गिक अल्पसंख्यकको रहेको खुलेपछि राई प्रहरीकहाँ उजुरी लिएर पुगेका हुन्। 

समाचार अनुसार वैदेशिक रोजगारीमा मलेसियामै रहँदा फेसबुकमार्फत शर्मिला राई नामकी युवतीसँग नम्बरको परिचय भएको थियो।  त्यही चिनजानले उनीहरुको सम्पर्क बढेर प्रेम बसेको थियो। 

प्रेम बसेपछि शर्मिलाले बिरामी भएको बताएकी थिइन्। त्यसपछि उनलाई बिहेको सर्तमा नम्बरले खर्च पठाइदिएका थिए। 

यसबीचमा नम्बर २०७९ मंसिरमा मलेसियाबाट नेपाल आए। त्यसपछि माघमा भतिजाको छेवरका क्रममा शर्मिलालाई पनि बोलाइयो। भोजपुरको रामप्रसाद गाउँपालिका भएकी शर्मिला पनि आइन्। त्यसपछि छोराले बुहारी ल्याएको खुसियालीमा त्यहीँ बिहे गरेर भित्र्याइयो। बिहे भोज पनि खुवाइयो।

तर गत माघमै बिहे गरेर भित्र्याएकी शर्मिला महिला नभएर लैङ्गिक अल्पसंख्यक रहेको खुलेपछि गाउँले चकित छन्। बेलका ६ का वडाध्यक्ष वसन्तकुमार मगरले यो घटना सुनेर आफू पनि अचम्ममा परेको बताए। 

प्रेमपछि बिहे गरेकी श्रीमती महिला नभएको खुलेपछि नम्बर न्याय माग्दै पालिकामा पुगेका थिए। दुवैलाई पालिकामा बोलाएर छलफलपछि शर्मिलाले आफू महिला नभएको स्वकारेको गाउँपालिका उपप्रमुख जीरा राईले बताइन्। 

उता वडाध्यक्ष मगरका अनुसार नम्बरले मलेसियाबाट शर्मिलालाई एक लाख ९५ हजार रकम पठाएको खुलेको छ। गाउँमा हल्ला फैलिएपछि पालिकामा भएको छलफलमा नम्बरले श्रीमती महिला नभएको थाहा पाएपछि प्रहरीकहाँ पुगे।

गाउँमा हल्ला भएपछि जनप्रतिनिधिकै पहलमा शर्मिलालाई प्रहरी कार्यालयमा लगेपछि लैङ्गिक अल्पसंख्यक रहेको खुल्यो। शर्मिलाले आफूलाई त्यहाँ पुरुषका रुपमा प्रस्तुत गरेकी थिइन्। 

वडाध्यक्ष मगरले शर्मिला भनेर नम्बरसँग बिहे गरेका ३१ वर्षीय युवक राजु राई हुन्। उनको घर भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ मा छ। 

सोझो स्वभावका नम्बरलाई राजुले शर्मिला भनेर झुक्याएको पाइएको मगरले बताए। ‘बिहे भए पनि उनीहरुबीच शारीरिक सम्बन्ध भएको रहेनछ। बिहेअघि पनि सम्बन्ध भएको रहेनछ। बिहेको रीत पुर्‍याउन भोजपुर जान आग्रह गर्दा नमानेपछि सम्बन्ध पनि स्थापित नभएको रहेछ', मगरले भने।

प्रहरीमा पुगेपछि नम्बरले आफूलाई घर बाहिर जान नदिने, गइहाले झगडा गर्ने, श्रीमान श्रीमतीबीचको सम्बन्ध पनि स्थापित गर्न नमानेको सुनाएका थिए। 

यो घटना बिहेको ६ महिनापछि मात्रै बाहिर आएको हो। उपप्रमुख जीरा राईले शर्मिला बनेका राजुका श्रीमती पनि रहेको सुने पनि पुष्टि हुन नसकेको बताइन्। 

यो प्रकरण जिल्ला प्रहरी कार्यालय उदयपुरसम्म पुग्यो। त्यहाँ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालसहितले छलफल गर्दा नम्बरले केटी भनेर बिहे गरेकी शर्मिला लैङ्गिक अल्पसंख्यक रहेको निष्कर्ष निकालेका छन्। 

छलफलपछि बिहेकै कुरा मुद्दाको विषय नहुने निचोडसहित शर्मिला बनेका राजुलाई आफन्तको जिम्मा लगाइएको फुँयालले बताए। तर राजुविरुद्ध प्रहरीले नम्बरलाई गरेको ठगीमा कारबाही चलाउन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .