ad ad

समाज


जब गान्धी धोतीमै बेलायती राजदरबार पुगे...

जब गान्धी धोतीमै बेलायती राजदरबार पुगे...

नेपालखबर
असोज १५, २०७६ बुधबार १२:४४,

उनी आफैं भन्थे,‘यदी मसँग हास्यव्यंग्यको खुबी हँदैन थियो भने मैले आत्महत्या गरिसक्थें।’

गान्धी काममा निकै नै व्यस्त हुन्थो। उनलाई लाग्थ्यो कामको ठूलो बोझमा डुब्नु ज्यान गुमाउनु बराबर हो।

त्यसैले उनी आफ्ना वरपरका आममानिसलाई हसाउन खोज्थे जब मौका मिल्थ्यो उनी आफैं पनि बेस्सरी हाँस्थे।

केही किस्सा उनीबार निकै रोचक छन्। एकपटक गान्धीलाई अंग्रेज पत्रकारले सोधेका थिए,‘तपाई तेस्रो श्रेणीमा किन यात्रा गरिरहनु भएको छ?’

यसको जवाफमा उनले भने,‘उत्तर सामान्य छ। किनभने चौथो दर्जा मिल्दैन।’

उनीबारे दोस्रो किस्सा पनि निकै चर्चित छ। एकपटक गान्धी बेलायत लण्डनस्थित बकिंघम राजदरबार पुगेका थिए। उनी धोती लगाएर नै गोलमेच सम्मेलनमा भाग लिन त्यहाँ पुगेका थिए।

त्यहाँ उपस्थित मानिसहरुले यस विषयमा आपत्ति जनाएका थिए। उनीहरु गान्धीले राम्रो पोशाक लगाउन् भन्ने चाहन्थे।

यसमा गान्धीले भने,‘मलाई कपडा लगाउन के जरुरी छ। जति कपडा तपाइँको राजाको शरीरमा छ त्यो तपाइँ र मेरा लागि काफी छ।’

गान्धी यसरी नै प्रस्ट बोल्थे। गान्धी गम्भीर स्थितीलाई पनि हल्का रुपमा लिन्थे। उनी जटिल अवस्थालाई पनि सजिलो बनाउने सामथ्र्य राख्दथे।

गांधी

भारतमा अक्टोबर २ आज सोमबार १ सय ५० औं महात्मा गान्धीको जन्मजयन्ती मनाइएको छ। उनको पुरा नाम मोहनदास करमचन्द गान्धी हो। सन् १८६९ अक्टोबर २ मा जन्मिएका गान्धीको निधन ३० जनवरी १९४८ मा भएको थियो।

गान्धी भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन्।

बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ।

अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।

उनले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे।

महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा बापूको अर्थ पिता हुन्छ।

उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ।

सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा, प्रवासी वकीलको रूपमा दक्षिण अफ्रिकामा भारतीय समुदायको नागरिक अधिकारको लागि सङ्घर्षमा प्रयोग गरे।

सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदुरहरू, सहरी श्रमिकहरूलाई अत्यधिक भूमिकर र भेदभावविरूद्ध आवाज उठाउन एकजुट गरे।

सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म(निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए।

महात्मा गांधी

तर यी सबैभन्दा पनि भारतलाई विदेशी राजबाट मुक्ति दिलाएर स्वराज प्राप्ति उनको प्रमुख लक्ष्य थियो। गान्धीले ब्रिटिस सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा दांडी मार्च र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे।

उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं वर्षसम्म जेलमा बस्नुर्पयो। गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे।

उनले साबरमती आश्रमको आत्मनिर्भरता आवासीय समुदायमा आफ्नो जीवनको धेरै समय व्यतित गरे र परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूत काटेर हातैले बनाएका थिए। उनले सादा शाकाहारी भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामा उपवास पनि गरे। बीबीसीहिन्दी

Image result for gandhi protest

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .