समाज


कर्णालीमा जीप खस्यो, कम्तिमा ८ बेपत्ता

कर्णालीमा जीप खस्यो, कम्तिमा ८ बेपत्ता

नेपालखबर
असार ३, २०७६ मंगलबार १०:२१,

हुम्लाको बेणुबिसौना–कैलेबालु क्षेत्रमा यात्रु सवार जीप कर्णाली नदीमा खस्दा कम्तिमा ८ जना बेपत्ता भएका छन्।  मंगलबार दिउँसो लु १ ज ७१६६ नम्बरको महेन्द्रा जीप सडकबाट २० मिटर तल खसेर हराइरहेको हो।

‘कर्णाली नदीमा जीप खस्दा त्यसमा सवार कम्तिमा ८ जना हराइरहेका छन्', हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले नेपालखबरसँग भने, 'दुई–तीन घन्टादेखि नदीभित्र बेपत्ता उनीहरु जीवित भेटिने सम्भावना छैन।'

ढकालले जीपमा पहिलो प्रस्थान बिन्दू खार्पुनाथ–५ बाट ८ जना चढेको जानकारी दिए। बाटोमा अरु थप चढेको हुनसक्ने अनुमान गरिएको छ। सो जीप याक्चु कुना जाने क्रममा दुर्घटना भएको हो।

सिडिओ ढकालका अनुसार दुर्घटनामा बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही पनि छिन्। गोताखोरहरुले उद्धार प्रयास गरिरहे पनि जीप भेट्टाउन सकेका छैनन्। उद्धारमा नेपाली सेना र प्रहरीको टोली परिचालन भएको छ। सेना र प्रहरीको टोली सवार हेलिकोप्टरले समेत जीपको खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .