रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङ्ग जिल्लाको गुठी नगरपालिका ३ बस्ने १९ वर्षीय विजय बोहोरा र सोही जिल्लाको तिल्याङ्ग गाउपालिका ८ बस्ने २० वर्षीय अर्जुन नेपाली छन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम ३६ सिसि, फेनारागन ३६ सिसि, नुफिन ३६ सिसि, नाईट्राजेपाम ट्याब्लेट १५ वटा र २ वटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको जनाएको छ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ।
प्रतिक्रिया