समाज


चरेशसहित बीरगञ्जमा महिला र पुरुष पक्राउ

चरेशसहित बीरगञ्जमा महिला र पुरुष पक्राउ

नेपालखबर
असार २, २०७६ सोमबार ८:५२,

बीरगञ्ज प्रहरीले लागु औषध चरेश ओसार पसारमा संलग्न एक महिला र एक जना पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्साको छिपरमाई गाउँपालिका–५ भिष्वा बस्ने अन्दाजी वर्ष ३२ को ईम्तियाज आलम र बाराको सितलपुर घर भई हाल बिरगंज महानगरपालिका–२ छप्कैयामा डेरा गरी बस्ने अलि असरल अंसारीको श्रीमती अन्दाजी वर्ष ३०।३२ की मिना खातुन रहेका छन्।

उनीहरुको साथबाट लागु औषध चरेश ५ किलो फेला परेको प्रहरीले जनाएको छ।

बीआर २२एल ८२५५ नंको मोटरसाइकलमा चढी बीरगंजको घण्टाघरबाट भारतको रक्सौलतर्फ जाँदै गर्दा उनीहरुलाई प्रहरी चौकी ईनर्वा र
लागु औषध ब्युरो शाखा कार्यालय पर्सा बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा फेला पारेको हो।

माेटरसाइकलसहित नियन्त्रणमा लिइ उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .