ad ad

समाज


वीरगञ्जमा एसिड छ्यापिएकी किशोरीलाई थप उपचारका लागि काठमाडौं लगियो

वीरगञ्जमा एसिड छ्यापिएकी किशोरीलाई थप उपचारका लागि काठमाडौं लगियो

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ६:२९,

पर्साको वीरगञ्जमा आज बिहान १६ वर्षीय दुई किशोरले एसिड छ्यापेर घाइते बनाएकी १५ वर्षीया किशोरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। 

पर्सा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ६ः१० बजे वीरगन्ज महानगरपालिका वडा नम्बर ६, गणेशचोेकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड छ्यापिएको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३, का रसुल अलीकी छोरी मुस्कान वीरगन्जकै वडा नम्बर ३, छप्कैयास्थित मामाको घरमा बसेर स्थानीय हनुमान माविमा कक्षा ९ मा पढ्छिन्। विद्यालय जाने क्रममा उनलाई वीरगन्जकै वडा नम्बर २, छप्कैयाका १६ वर्षीय सम्साद आलम र १६ वर्षकै माजिद आलम मिलेर बिहानै एसिड छ्यापेका हुन्।

तेजाब प्रहारबाट घाइते भएकी खातुनलाइ उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएकाे थियाे। चिकित्सककै सल्लाहबमाेजिमक खातुनलाइ थप उपचारका लागि काठमाडाैं पठाइएकाे हाे। 

तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको छ भने खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

पीडित किशोरीको उपचारका लागि पर्साका सांसद प्रदीप यादवले ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । उनले आफ्ना सहयोगी निखिल बर्नवालमार्फत् पीडित परिवारलाई उपचारका लागि ५० हजार सहयोग गरेका हुन् । 

एसिड छ्यापेर फरार भएका दुईमध्ये मुख्य अभियुक्त समसाद आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अर्का अभियुक्तको पनि खोजी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। एसिड प्रहार गर्नुको कारण थाहा हुन सकेको छैन।

घटनाबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .