पकेटमार र चोरी डकैत गर्नेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको विशेष अभियानका क्रममा ८२ जना पक्राउ परेका छन्।
काठमाडौ परिसरद्वारा सञ्चालित विशेष अभियानका क्रममा जेठ १ गतेदेखि ३२ गतेसम्म सवारीसाधनमा पाकेटमारी गर्ने र चोरी गर्ने ८२ जना व्यक्ति पक्राउ परेका हुन्।
वपरिसरले आइतबार पत्रकार सम्मलेन यसबारे जानकारी दिएको हो। चोरी कार्याम संलग्नलाई पक्राउ गर्नका लागि प्रहरीले यातायात व्यवसायीसँगको सहकार्यमा सादा पोशाकका प्रहरी परिचालन गरेको थियो।
सादा पोसाकमा परिचालित प्रहरीले बस तथा माईक्रो बसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दै गरेको अवस्थामा ७८ पुरुष र ४ महिला पाकेटमारलाई पक्राउ गरेको हो।
पक्राउ परेका ८२ जनालाई नै काठमाडौँका विभिन्न ठाउँमा हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया