ad ad

समाज


कालो झण्डा लिएर विमानस्थल प्रवेश गर्न खोज्ने तरुण दलका दुई कार्यकर्ता पक्राउ

कालो झण्डा लिएर विमानस्थल प्रवेश गर्न खोज्ने तरुण दलका दुई कार्यकर्ता पक्राउ

नेपालखबर
असार १, २०७६ आइतबार ५:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाउने उद्देश्यसहित कालो झण्डा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न खोज्ने तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा कालो झण्डा देखाउन खोज्ने तरूण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। फक्राउ परेका दुवै जनलाई महानगरीय प्रहरी वृत्त बानेश्वर लगिएको प्रहरीले जनाएको छ। कालो झण्डासहित विमानस्थलमा प्रवेश गर्न खोजेकादुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले बताए।

उनले नियन्त्रणमा लिएका दुवैजनामाथि अनुसन्धान भइरहेको जानकारी दिए। ‘भर्खरै सवारी सकिएको छ’, नेपालखबरसँग कुरा गर्दै बोगटीले भने, ‘कालो झण्डा देखाएको होइन प्रवेश गर्न खोज्दा पक्राउ गरेका हौँ।’ ८ दिन लामो विदेश भ्रमण सकेर आइतबार बिहान प्रधानमन्त्री ओली स्वदेश फर्केका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .