ad ad

समाज


ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

नेपालखबर
असार १, २०७६ आइतबार ४:३८,

डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा स्थनीय एक शिक्षकको मृत्यु भएको छ।

समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बालुवा बोकेर आलिताल गोदामबजारबाट कुर्जेनी जाँदै गरेको से २ त २८५० नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन्।

दुर्घटनापछि ट्रयाक्टर चालक धनजीत धामी फरार रहेका आलिताल प्रहरी चौकीका इचार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिए।

बढी भारको कारण ट्र्याक्टर दुर्घटना भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

प्रहरीले फरार चालकको खोजी सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .