रौतहटको चन्द्रनिगाहापुरमा एक व्यक्तिले आफ्नै पत्नीलाई एसिड प्रहार गरेका छन्।
चन्द्रपुर ४ स्थित मनिषा सुनचाँदी पसलका सञ्चालक दिपक विकले श्रीमती दिपिकालाई एसिड प्रहार गरेका हुन्। पाखुरा र पेटमा एसिडले घाउ भएकी दिपिकाको स्थानीय एपोलो अस्पतालमा उपचार भइरहेको छ।
घरायसी विवादमा उनले पत्नीलाई शनिबार एसिड प्रहार गरेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछाने जानकारी दिए। शनिबार साँझै प्रहरीले दिपकलाई पक्राउ गरेको हो।
अनुहारमा एसिड नपरेको कारण दिपिकाको अवस्था खतरामुक्त रहेको एपोलो अस्पतालका चिकित्सक एके यादवले जानकारी दिए।
प्रतिक्रिया