विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई आकस्मिक प्रयोग गर्न अनुमति दिएको छ।
संगठनले चाइनिज फर्मास्युटिकल कमपनी सिनोभ्याक बायोटेकले विकास गरेको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
योसँगै अब सिनोभ्याक १८ वर्ष र त्यसमाथिका उमेर समूहमा लगाउन सकिनेछ। यो पनि दुई मात्रामा पूरा हुने खोप हो। एक मात्रा लगाएको दुईदेखि चार हप्ताभित्र अर्को मात्रा लगाउनुपर्ने डब्ल्यूएचओले जनाएको छ। यो खोपले सरुवा रोगको संक्रमण ५१ प्रतिशत रोक्ने डब्ल्युएचओले जनाएको छ।
त्यस्तै कोरोना संक्रमितलाई जटिल हुन नदिन भने यसले शतप्रतिशत काम गर्ने डब्ल्यूएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट्स अन इम्युनाइजेसन (सेज)ले जनाएको छ।
3
Shares

प्रतिक्रिया