नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ समितिले कोरोनाबाट पीडित नागरिकका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ।
कांग्रेसका नेता एवं सांसद गगन थापाका अनुसार घरमै आइसोलेसनमा बसेकालाई अस्पताल जान/आउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान पर्नेहरूका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको हो।
यो सेवा लिन काठमाडौं महानगरमा ९८५१०९६३०३, बूढानीलकण्ठमा ९८५१०६५२५६, ९८५१०७२१२९ वा हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस गर्न सकिने थापाले जानकारी दिएका छन्।
निःशुल्क यातायातबारे जानकारी दिँदै नेता गगन थापाः
प्रतिक्रिया