समाज


काठमाडौंका यी अस्पतालमा खाली छन् आईसीयू र भेन्टिलेटर (सूची)


नेपालखबर
काठमाडौं, जेठ ३

कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पनि सरकारले भने ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ।

कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड खाली छन्।

२ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार दिएको तथ्यांकअनुसार यी अस्पतालहरुमा आइसोलेसन बेडको कूल क्षमता २३ सय ८६ रहेकोमा १६ सय ३६ जना मात्रै बिरामीको उपचार भइरहेको छ।

४ सय ६४ आईसीयू बेड रहेकोमा २ सय ४३ जना बिरामी छन्।

भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ। यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन्।

शसस्त्र प्रहरी बल अस्पतालमा ९ वटा आइसोलेसन र ९ वटा आईसीयू बेड खाली छन्। वीरेन्द्र सैनिक अस्पतालमा ४३ आइसोलेसन, ३ आईसीयू र ४ वटा भेन्टिलेटर बेड खाली रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै वीर अस्पतालमा पनि सबै खालका बेड उपलब्ध छन् भने नेपाल प्रहरी अस्पतालमा ९३ वटा आईसीयू बेड खाली छन्। त्यहाँ आइसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टिलेटर खाली छन्।

कुन अस्पतालमा के छ बेडको अवस्था? सूची:

Hospital beds 

यो पनिः
टेकुमा बेड नपाएर कुर्सीमै संक्रमितको उपचार, वीरमा १ सय ७० बेड खाली

 

जेठ ३, २०७८, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors