त्यसयता उनी कलाकारिता, जिम्न्यास्टिक, मोडलिङ लगायतका क्षेत्रमा व्यस्थ थिइन्।
तर यतिबेला उनी देशको सैन्य शासनविरुद्धको अभियानमा होमिएकी छिन्। उनी भूमिगत भएर जंगल छिरेकी हुन्।
उनले हालै सामाजिक संजालमा आफू सैन्य शासनको विरुद्धमा बन्दुक उचाल्न बाध्य भएको बताएकी छिन्। उनले एजल्ट राइफल हतियार बोकेको तस्बिरहरु निकै भाइरल बनेका छन्।
आखिर किन यी सुन्दरी सैन्य शासनविरुद्धको अभियानमा संलग्न भइन् त?
उनी फेसबुक र ट्विटरमा लेख्छिन्,‘लडाइँ गर्ने समय आएको छ। तपाई हतियार, कलम, किबोर्ड जे सक्नुहुन्छ त्यहीँ उठाउनुहोस् अथवा नगद सहयोग गर्नुहोस्। जसले जे सक्नुहुन्छ लोकतन्त्र पुनर्स्थापना र क्रान्तिको लागि त्यही गर्नुहोस्।’
The revolution is not an apple that falls when it is ripe. You have to make it fall. (Che Guevara)
We must Win 💪💪💪 pic.twitter.com/iHEDhF314p
यसैवर्षको फेब्रुअरी १ मा म्यान्मारका सेनाले सत्ता हत्याएका थिए। गत नोभेम्बरको आम चुनावमा धाँधली गरेर नेतृ आङ साङ सुचीको पार्टीले बहुमत ल्याएको भन्दै सेनाले सुची, राष्ट्रपति विन मिन्ट लगायत देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएका छन्।
सैन्य शासनको विरोध गर्नेहरुमाथि गोली चलाउन थालिएको छ। सो क्रममा हालसम्म ७८० नागरिकको सेना तथा प्रहरीको गोली लागेर ज्यान गइसकेको छ।
सेनाले निर्वाचित सरकार अपदस्थ गरेपछि त्यहाँको अर्थतन्त्र धरापमा परिसकेको छ।
जनताले सबै अधिकार गुमाएको अवस्थामा सुन्दरी तार तेत तेत भन्छिन्,‘लोकतन्त्र र अधिकारको लागि म जुन्ता शासकसँग लड्नेछु। म मेरो सबै कुरा त्यागेर क्रान्तिमा होमिएकी हुँ। म देशको हितका लागि मर्न पनि तयार छु।’
उनी चेग्वेभाराको भनाइ उदृत गर्दै अर्को ट्विटमा भन्छिन्,‘क्रान्ति पाकेको स्याउ होइन जुन पाकेपछि आफैं झर्छ, क्रान्ति त आफैंले सफल बनाउनुपर्छ।’ द डेली स्टारको सहयोगमा

प्रतिक्रिया