ad ad

समाज


महानगरले ३२ वटै वडामा खोप केन्द्र राख्ने

महानगरले ३२ वटै वडामा खोप केन्द्र राख्ने

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ९:१३,

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ।

पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भीड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो।

सबै वडामा खोप केन्द्र स्थापना हुने भएपछि भीडभाड कम हुनुको साथै जनस्वास्थ्यका मापदण्ड पालना तथा कार्यान्वयनमा पनि सहज हुने र सर्वसाधरण नागरिकले पनि खोप लगाउनकै लागि हिँडेर टाढा जानुनपर्ने भएको छ।

काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार भेरोसेलको दोस्राे डोज लगाउने कामका लागि महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार महानगरले २०७७ चैत २५ गते देखि २०७८ वैशाख १५ गतेसम्म १८ वर्ष देखि ५९ वर्ष भित्रकाले लगाएको भेरोसेल खोपको दोस्रो डोजका लागि जेठ २ गते देखि काठमाडौंको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो।

काठमाडौं महानगरपालिका भित्र भेरोसेल खोपको पहिलो डोज लगाएकाहरु १ लाख २५ हजार भएपनि टोखा र बूढानीलकण्ठ नगरपालिकाको पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरि १ लाख ५० हजारलाई लगाउने गरि तयारी गरिएको उनले जानकारी दिए।

उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८ वैशाख २२ गतेको निर्णय अनुसार काठमाडौंमा २०७७ चैत २५ गते देखि २०७८ वैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्ष भित्रकाले लगाएको भेरोसेल खोपको दोस्रो डोजका लागि २०७८ जेठ २ गते देखि काठमाडौंको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेका छौं। जनस्वास्थयका मापदण्ड पुरा गरेर दोस्रो डोजको खोप सञ्चालनका लागि तयारी भइरहेको छ। काठमाडौं महानगरपालिका भित्र १ लाख २५ हजार जतिको तथ्यांक आएको छ। टोखा र बूढानीलकण्ठको पनि गरेर १ लाख ५० हजारलाई लगाउने गरि तयारी गरिएको छ। हामी आएकालाई फर्काउँदैनौं। सबैलाई लगाईदिन्छौं।’

काठमाडौं उपत्यकाका तीन जिल्लाका १ लाख ५९ हजार जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .