ad ad

समाज


एकै दिन १८ सय १६ अक्सिजन सिलिण्डर संकलन

एकै दिन १८ सय १६ अक्सिजन सिलिण्डर संकलन

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १५:२३,

गृह मन्त्रालयले कोभिड विरामीका लागि अति आवश्यक पर्ने अक्सिजन सिलिण्डर संकलन गरिरहेको जनाएको छ।

शुक्रबार देशभरबाट एक हजार ८१६ अक्सिजन सिलिण्डर संकलन भएको गृहले जानकारी दिएको छ।

प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भइरहेको गृहले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो।

स्वतःस्फुर्त रुपमा उपलब्ध गराउने सबै उद्योग, व्यवसाय तथा व्यक्तिहरुलाई धन्यवाद दिँदै गृहले यसरी जम्मा हुन आएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्‍नता र समन्वयमा वितरण गरिएको स्पष्ट पारेको छ।

home-staTEMENT-2078-1-24.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .