ad ad

समाज


दलित विकास समितिका उपाध्यक्षले यौन प्रस्ताव गरेको जसपा नेतृको आरोप, प्रहरीमा मुद्दा दर्ता

दलित विकास समितिका उपाध्यक्षले यौन प्रस्ताव गरेको जसपा नेतृको आरोप, प्रहरीमा मुद्दा दर्ता

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ०:५१,

जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेकी छन्। बैठाले फेसबुक म्यासेन्जरमार्फत आफूसँग यौन सम्पर्कको प्रस्ताव राखेको भन्दै उनले लहान प्रहरीमा मुद्दा दर्ता गरेकी हुन्।

यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा आफूलाई बैठाले गालीगलौज गरेको उनको आरोप छ। सिरहाको लहान नगरपालिका- १ निवासी महिला नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरेकी हुन्।

सर्लाहीको विष्णु गाउँपालिका ४ निवासी उपाध्यक्ष बैठाले गत चैत्र ९ गते राति ११ बजेको समयमा सामाजिक सञ्जाल म्यासेन्जरमार्फत आफूलाई अश्लिल गालीगलौज गरेकाले आफ्नो दाम्पत्य जीवन धरापमा परेको नेतृ दासले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

उपाध्यक्ष बैठाले मुलुकी अपराध फौज्दारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफा ११८ बमोजिम अभद्र व्यवहार गरेकाले यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गरिएको छ।

जाहेरी परेपछि घटनाको विषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .