समाज


काठमाडौंमा मात्रै थपिए १९ सय ३२ संक्रमित

काठमाडौंमा मात्रै थपिए १९ सय ३२ संक्रमित

नेपालखबर
बैशाख १८, २०७८ शनिबार ११:३२,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४ सय ९५ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा मात्रै १९ सय ३२ संक्रमित थपिएका हुन्।

यस्तै भक्तपुरमा २०८ र ललितपुरमा ३५५ जना संक्रमित थपिएका छन्।

यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९ सय ६९ जनाको नमुना परीक्षण गर्दा ती सकंक्रमित भेटिएका हुन्।

यस्तै १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। १२ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ।

कूल संक्रमित संख्या ३ लाख २८ हजार ८ सय ९३ रहेको छ भने अहिलेसम्म मृतकको संख्या ३ हजार २ सय ९८ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .