ad ad

समाज


निषेधाज्ञा उल्लंघन गर्दा रूपन्देहीमा ३ जना जेल चलान

निषेधाज्ञा उल्लंघन गर्दा रूपन्देहीमा ३ जना जेल चलान

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ४:१०,

निषेधाज्ञा उल्लंघन आरोपमा रूपन्देहीमा तीन जना जेल चलान भएका छन्।

कोरोना रोकथामका लागि त्यहाँ जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा अटेर गरेको र उल्टै प्रहरीसँग निहुँ खोजेको आरोपमा ३ जनालाई जेल पठाइएको हो।

उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाले नेपालखबरलाई जानकारी दिए।

‘निषेधाज्ञा उल्लंघन नगर्न सम्झाईबुझाई गर्दा उल्टै प्रहरी अधिकृतसँग झगडा गरेपछि बिहीबार ८ जनालाई नियन्त्रणमा लिएका थियौं,’ डीएसपी थापाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘तीमध्ये ५ जनाले कैद र जरिवानाबापतको रकम तिरे, तर ३ जनाले तिर्न नसक्दा उनीहरूलाई कारागार पठाइएको हो।’

उनका अनुसार सबैलाई जनही ९ हजार १ सय रुपैयाँ जरिवाना तिर्न भनिएको थियो। पक्राउ गरिएका ८ जनामध्ये एक महिला थिइन्।

तर जिल्लाका सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे, मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव सोही गाउँपालिकाकै वडा नम्बर २ का ३४ वर्षीय महेन्द्र कोहारले जरिवाना तिर्न नसकेकाले उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम प्रमुख जिल्ला अधिकारीले एक महिनाका लागि कारागार पठाएको डीएसपी थापाले जानकारी दिए।

जरिवाना तिरेका खण्डमा भने उनीहरू रिहा हुन सक्ने उनको भनाइ छ।

यो पनि : निषेधाज्ञा उल्लंघन गरे ६ महिनासम्म जेल सजाय हुनसक्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .