नेपालमा गएको २४ घण्टामा एक हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ७३८ नमुना परीक्षण गर्दा १७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, आज थप तीन जनाको मृत्यु भएको छ भने गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा हालसम्म तीन हजार १०२ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
प्रतिक्रिया