ad ad

समाज


दाउ प्रहारबाट युवक घाइते, एक जना पक्राउ

दाउ प्रहारबाट युवक घाइते, एक जना पक्राउ

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १३:३९,

पोखरामा फलामे हतियार दाउ प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।

पोखरा महानगरपालिका–४ गणेशटोलमा झगडाका क्रममा दाउले हान्दा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ घर भई हाल पोखरा रामबजार बस्ने चुत्रबहादुर गुरुङ घाइते भएका हुन्।

झगडा भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले सख्त घाइते अवस्थामा फेला परेका गुरुङलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको छ।

घटनामा संलग्न पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने वर्ष २१ को रोशन शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।

घटनास्थलबाट धारिलो हतियार फलामको दाउसमेत फेला परेको प्रहरीले जनाएको छ। शेर्पालाई ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .