ad ad

समाज


विदेशबाट फर्किने सीधै पुग्छन् घर, १० दिने क्वारेन्टिन ‘रिङटोन’ मा मात्र सिमित

विदेशबाट फर्किने सीधै पुग्छन् घर, १० दिने क्वारेन्टिन ‘रिङटोन’ मा मात्र सिमित

उजिर कार्की
चैत ३१, २०७७ मंगलबार ९:५५,

विश्वमा कोभिड–१९ को संक्रमण बढ्दै गइरहेकोले नेपालमा पनि बढ्न सक्ने कुरालाई ध्यानमा राखी बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिसँग कम्तीमा दुई मिटरको दुरी अनिवार्य कायम गरौँ। खोप लगाएका र नलगाएका सबैले अनिवार्य मास्क लगाऊँ। मानिसको भिडभाड हुने गरी कार्यक्रम सञ्चालन नगरौँ र नगराऊँ। विदेशबाट आउनेहरु कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिनमा बसौँ।

केही दिनयता हरेक फोन कलमा यो रिङटोन बज्ने गर्छ। नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले थप कडाइ गर्ने निर्णय गरेको छ तर व्यवहारमा भने कार्यान्वयन भएको छैन।

सरकारका नियम निर्देशिकामा कडाइ गर्ने भनिए पनि कार्यान्वयन भने एकदमै फितलो देखिएको छ। सरकारले रिङटोन सन्देशमा विदेशबाट फर्किनेहरु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने भने पनि त्यो लागू गरिएको छैन।

महामारीको दोस्रो लहरका संकेत देखिएको भन्दै सरकारले केही दिनयता दैनिकजसो सावधानीका लागि सूचना जारी गरिरहेको छ।

सर्वसाधारणका लागि विभिन्न सूचना र निर्देशन जारी गरे पनि त्यसको कार्यान्वयन भने शून्य छ। संक्रमण फैलिन नदिनसबैभन्दा बढी सावधानी अपनाउनु पर्ने स्थान हो– विमानस्थल र सीमा नाका। तर विदेशबाट फर्किनेहरु बिना जाँच घरतिर लाग्छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विदेशबाट नेपाल आउनेहरु तीन दिनभित्रको पीसीआर रिपोर्ट भए सीधै घर जानसक्ने नभए आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नु पर्ने बताए।

तर, विमानस्थलमा यसको निगरानी छैन। विमानस्थल सुरक्षा श्रोत भन्छ, ‘बेलायत बाहेकका देशबाट आएकाहरु सीधै घर पुग्छन्।’

बेलायतबाट आउनेहरुको हकमा भने कडाइ गरिएको छ। त्यहाँबाट आउने यात्रुले अनिवार्य होटल क्वारेन्टिनमा बस्नु पर्ने र पीसीआरको रिपोर्टपछि मात्रै घर जान सक्ने स्थिति छ। अन्यलाई विमानस्थलमा परीक्षणबिनै घर पठाउने गरिएको छ।

अघिल्लो पटक विदेशबाट आउने सबै यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य गरिएको थियो।

दोस्रो खोप पनि होटल क्वारेन्टिनमा बस्नु पर्ने प्रवक्ता गौतम बताउँछन्।

पर्यटन मन्त्रालयका अनुसार बोर्डिङ हुनुभन्दा ७२ घण्टापहिले दिएको स्वाबको पीसीआर रिपोर्ट देखाएपछि उनीहरुलाई घर पठाइएको छ। यसअघि भने पीसीआर गरेर नेपाल आएपछि पनि अनिवार्य ५ दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था कार्यन्वयनमा थियो। होटलमै रहँदा स्वाब संकलन गरेर पीसीआर गरेर नेगेटिभ रिपोर्ट आए मात्रै उनीहरु घर जान पाउँथे।

विदेशी पर्यटकको हकमा भने नेपाल आएपछि पनि पीसीआरको रिपोर्ट नआउन्जेल होटल क्वारेन्टिनमै बस्नु पर्ने व्यवस्था छ। कोरोना संक्रमण देखिए संक्रमणमुक्त नभएसम्म होटल क्वारेन्टिनमै बस्नुपर्नेछ। नतिजा आइसकेपछि भने पर्यटक नेपाल घुम्न पाउनेछन्।

पहिलेकै निर्देशनहरु कार्यान्वयन नभइरहेको बेला सरकारले थप कडाइ गर्ने निर्देशिका जारी गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .