ad ad

समाज


म्यानमारमा सैन्य कारबाही : ६ सयभन्दा बढी आन्दोनकारीको मृत्यु

म्यानमारमा सैन्य कारबाही : ६ सयभन्दा बढी आन्दोनकारीको मृत्यु

नेपालखबर
चैत ३०, २०७७ सोमबार ०:२,

म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन्।

मृतकहरूको शव सेनाले लिएर गएको दावी आन्दोलनकारीको छ। ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या योभन्दा बढीपनि हुनसक्ने उनीहरुले बताएका छन्।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले भनेका छन्–सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरे। केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेर आन्दोनकारीको हत्या गरे।

म्यानमारमा गत माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी आन्दोलनकारीको मृत्यु भइसकेको छ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । चुनावमा आङ सान सू ची र उनले नेतृत्व गरेको ‘नेशनल लिग फर  डेमोक्रेसी’ दलले बहुमत प्राप्त गरेको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिसकेको छ।

यसैबीच म्यानमारको सेनाले पदबाट निष्काशित गरेका सांसद र म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घका लागि राजदूतले शुक्रवार सुरक्षा परिषद्का सदस्यहरूलाई म्यान्मारको सेनाविरुद्ध कदम चाल्न, प्रतिबन्धहरू विस्तार गर्न, हतियारमाथि रोक लगाउन र उडान नहुने क्षेत्र बनाउन आह्वान गरेका छन्।

उनीहरूले संयुक्त राष्ट्रसङ्घको बैठकमा म्यान्मार ‘विफलताको सँघारमा रहेको’ दावी गर्दै सैनिक सरकारविरूद्ध कडा निर्णय लिन आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .