हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु-याइएको छ। चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो।
महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन्।
बुढालाई जिल्ला अस्पताल पु-याएसँगै त्यहाँका चिकित्सक सरोज प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पु-याएको जेष्ठ अनमी बोहराले जानकारी दिइन्। अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ छ। रासस

प्रतिक्रिया