ad ad

समाज


प्रहरीले घुँडाले थिच्दा मारिएका जोर्ज फ्लोयडको परिवारलाई ३ अर्ब रुपैयाँ क्षतिपूर्ति

प्रहरीले घुँडाले थिच्दा मारिएका जोर्ज फ्लोयडको परिवारलाई ३ अर्ब रुपैयाँ क्षतिपूर्ति

नेपालखबर
फागुन २९, २०७७ शनिबार २:२५,

अमेरिकामा प्रहरीको यातनाबाट मारिएका अश्वेत नागरिक जोर्ज फ्लोयडको परिवारलाई २७ मिलियन डलर (३ अर्ब १३ करोड २० लाख रुपैयाँ) क्षतिपूर्ति दिइने भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हत्या भएको झन्डै एक वर्षपछि अमेरिकाको स्थानीय सरकार (मिलियापोलिस नगर परिषद्‌ बैठक) ले फ्लोयडको परिवारलाई क्षतिपूर्तिस्वरूप २७ मिलियन अमेरिकी डलर दिने निर्णय गरेको हो।

सन्‌ २०२० मे २५ तारिख मिलियापोलिस नगरमा प्रहरी अधिकारी डेरेक चौविनले भुइँमा लडाइ घाँटीमा घुँडाले थिच्दा फ्लोयडको मृत्यु भएको थियो।

त्यसपछि गोराले काला जातिलाई दमन गरेको भन्दै अमेरिकासहित विश्वभर आन्दोलन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .