ad ad

समाज


हङकङमा कोरोना खोप अभियान अर्काे महिनादेखि, गम्भीर ‘साइडइफेक्ट’ भएमा ३० लाख डलरसम्म क्षतिपूर्ति

हङकङमा कोरोना खोप अभियान अर्काे महिनादेखि, गम्भीर ‘साइडइफेक्ट’ भएमा ३० लाख डलरसम्म क्षतिपूर्ति

मगेन्द्र राई
फागुन ६, २०७७ बिहिबार २:२१,

हङकङमा कोरोनाविरुद्ध खोप लगाउने अभियान आगामी महिनादेखि सञ्चालन गरिँदै छ।

योसँगै हङकङ सरकारले कोरोना खोप लगाउने क्रममा कसैलाई गम्भीर नकारात्मक असर (साइडइफेक्ट) भएमा उसलाई ३० लाख डलरसम्म क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको छ।

त्यसका लागि सरकारले क्षतिपूर्ति कोष स्थापना गर्न व्यवस्थापिका परिषदबाट १ अर्ब डलर बजेट पारित गराउन लागेको छ।

खाद्य तथा स्वास्थ्य ब्युरोले विधायिका परिषदको आर्थिक समितिमा पेस गरेको प्रस्तावअनुसार खोपका कारण गम्भीर साइडइफेक्ट भएमा ३० लाख डलर र घातक स्थिति सामना गर्ने परिवारले २५ लाख डलरसम्म क्षतिपूर्ति प्राप्त गर्न सक्नेछन्।

यस प्रस्तावबारे सांसदहरूले आगामी शुक्रबार छलफल गर्ने अपेक्षा गरिएको छ।

खाद्य तथा स्वास्थ्य उपसचिव चुई ताक–यीले बुधबार जानकारी गराएअनुसार अधिकारीहरूले खोप कार्यक्रमको विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन्, जुन अभियान अर्को महिना सुरु हुने अपेक्षा गरिएको छ।

सरकारले सकेसम्म चाँडो कोरोना प्रभावितलाई आर्थिक सहयोग पुर्‍याउने लक्ष्य लिएको छ। साथै पीडितले खोप निर्माता वा अन्य जवाफदेही व्यक्ति वा संस्थाविरूद्ध कानुनी न्यायका लागि ढोका खुलासमेत गरिएको आरटीएचकेले उल्लेख गरेको छ।

हङकङ सरकारले बायोएनटेक, साइनोभ्याक र अक्सफोर्ड–एस्ट्राजेनेका कम्पनीले बनाएका कोरोना खोप प्रयोग गर्ने भएको हो। त्यसका लागि २० खोप केन्द्रबाट २५ सयका दरले दैनिक ५० हजार खोप नागरिकलाई लगाउने योजना छ।

यसैबीच हङकङमा बुधबार १६ जना संक्रमित फेला परेका छन्।

योसमेत कोरोनाबाट संक्रमित व्यक्तिको कूल संख्या १० हजार ८१३ पुगेको छ। जसमध्ये १ सय ९४ जनाको मृत्यु भइसकेको छ। हङकङको जनसंख्या ७५ लाख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .