केही दिन नबित्दै भारतमा फेरि भूकम्प गएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राती ९ बजेर २३ मिनेटमा बिहारमा भूकम्पको धक्का महसुस गरिएको हो।
भारतीय मौसम विभागकाअनुसार ३.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु भने बिहारको नालन्दाबाट २० किलोमिटर टाढा उत्तर पश्चिममा थियो।
भूकम्पको झड्का लगत्तै बिहारका पटनालगायत सहरका वासिन्दा घरबाहिर निस्किएका थिए।
पटना लगायत भागलपुर, गया, औरंगाबाद, नालंदा, नवादा, बक्सरमा भूकम्पको झड्का महसुस गरिएको थियो।
केही दिनअघि मात्र भारतको राजधानी नयाँ दिल्लीलगायत आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो। तर क्षति भएको थिएन।
प्रतिक्रिया