अमर शहीद दशरथ चन्दको जन्मस्थल रहेको बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ।
शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो। नगरपालिकाले अमर शहीद दशरथ चन्दको सम्झनामा आज विशेष कार्यक्रम आयोजना गर्दैछ।
नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था, नगरपालिका कार्यालय र वडा कार्यालय आज बन्द रहने दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए।
जहानियाँ राणा शासकले दशरथ चन्दलाई १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेका थिए।
आज देशैभरी विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ। संघीय सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन।
प्रतिक्रिया