ad ad

समाज


दुईपटक सगरमाथा चढेका शेर्पाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

दुईपटक सगरमाथा चढेका शेर्पाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ८:४४,

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गरेका थिए।

पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए।

यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।

गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष छिरिङ शर्पाले पनि उहाँको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे।

फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको माघ ७ गते निधन भएको थियो।

स्वर्गीय शेर्पाका श्रीमती र ३ जना छोराहरु छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .