ad ad

समाज


भारतीय काेराेना भ्याक्सिनका ‘साइड इफेक्ट’ कति गम्भीर?

भारतीय काेराेना भ्याक्सिनका ‘साइड इफेक्ट’ कति गम्भीर?

नेपालखबर
माघ ८, २०७७ बिहिबार १०:२२,

भारतमा सञ्चालित कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत अहिलेसम्म ६ लाख जनाले खोप (भ्याक्सिन) लगाइसकेका छन्। तीमध्ये ५८० जनामा चक्कर लाग्ने, थकान महसुस हुनेजस्ता नकारात्मक असर (साइड इफेक्ट) देखिएका छन्।

यो भनेकाे कोरोना खोप लगाउने व्यक्तिको कूल संख्याको ०.१८ प्रतिशत हो। विज्ञका अनुसार अहिलेसम्म यसअघि लगाइएका अन्य विभिन्न खोपका साइड इफेक्ट ५ देखि १० प्रतिशतसम्म देखिएको छ। यसको तुलनामा कोरोना खोपका साइड इफेक्ट सबैभन्दा कम हो।

भारतीय नीति आयोगका सदस्य एवं कोरोना नियन्त्रणका लागि बनेको नेसनल एक्सपर्ट ग्रुप अफ भ्याक्सिन एडमिनिस्ट्रेसका प्रमुख डा. विके पालका अनुसार भारतको भ्याक्सिन पूर्णरूपमा सुरक्षित छ। उनी भन्छन्, ‘दुःखको कुरा खोप लगाउन मानिस कम आइरहेका छन्।’

विशेषज्ञ भन्छन् : भ्याक्सिनले ज्वरो र एलर्जी हुन सक्छ
प्रस्तुत छ- खोपको साइड इफेक्टबारे भारतस्थित फोर्टिस हस्पिटलका पल्मोनोलजिस्ट डा. जेसी सुरीसँग भारतीय पत्रिका दैनिक भास्करले गरेकाे संक्षिप्त कुराकानी :

प्रश्न : भ्याक्सिनको साइड इफेक्टको कारण के हो?
डा. सुरी : यसलाई सुरक्षित राख्न धेरै चिज मिसाइएको हुन्छ। जस्तो : एन्टिजेनका रूपमा प्युरिफाइड वा इनएक्टिभेटेट टक्सिन, सुरक्षित भण्डारणका लागि म्याग्नेसियम क्लोराइट वा म्याग्नेसियम सल्फेट, एन्टिजेनको इम्युन रेस्पोन्स बढाउन एल्मुनियम साल्ट। यसका अलावा एन्टिबायोटिक्सका रूपमा नियोमाइसिन, प्रिजर्भेटिमका रूपमा थियोमर्साल वा फोर्माल्डहाइड पनि मिसाइन्छ। यसका सामान्य रियाक्सन (प्रतिक्रिया) हुन सक्छन्।

प्रश्न : खोप लगाइसकेपछि के समस्या हुन सक्छ?
डा. सुरी : आम रूपमा ३ असर हुन्छन्- सामान्य, गम्भीर र अति गम्भीर। धेरैजसो समस्या सामान्य हुन्छन्। जस्तै : सुन्निने, हल्का ज्वरो आउने, आत्तिने, एलर्जी, चिलाउनेजस्ता समस्या देखिन सक्छन्।

प्रश्न : अहिले मानिसमा देखिएका समस्या खोपकै कारण हो?
डा. सुरी : सबैमा खोपकै कारण समस्या देखिएका हुन् भन्न सकिन्न। खोप लगाउने प्रक्रिया नमिलेर पनि भएको हुन सक्छ। औषधिबाट हुने एलर्जी पनि हुन सक्छ।

प्रश्न : गम्भीर समस्या पनि आउन सक्छ?
डा. सुरी : उच्च ज्वरो पनि आउन सक्छ। तीव्र किसिमको एलर्जी पनि हुन सक्छ। तर अस्पतालमै भर्ना हुनुपर्ने आवश्यकता पर्दैन। ज्यानकै खतरा देखिनु, लामो समय अस्पताल भर्ना हुनुपर्ने अवस्था आउनु, अपांगता वा मृत्युकै जोखिम आउनुलाई गम्भीर अवस्था मानिन्छ। तर यस्ता समस्या एकदमै कम हुन्छन्।

प्रश्न : हरेकपल्ट उस्तै साइड इफेक्ट हुन्छन्?
हुँदैन। यो खोप बनाउने तरिका र लगाउने मानिसको शरीरमा प्रतिरक्षा प्रणाली कस्तो छ भन्ने कुरामा भर पर्छ। जस्तो : बीसीजी खोप लगाउँदा डाबरजस्ता देखापर्छन्। डीपीटी खोप लगाउँदा हल्का ज्वरो आउँछ। पोलियो थोपा खुवाउँदा भने कुनै साइड इफेक्ट देखिँदैन। यसैगरी कोरोना भ्याक्सिनका पनि फरक फरक प्रभाव हुन्छन्।

याे पनि : 

भारत बायोटेक कम्पनीले भन्यो : ७ अवस्थाका व्यक्तिले कोभ्याक्सिन नलगाउनू

भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .