समाज


स्याङ्जामा २१ वर्षे बुहारीलाई ४ वर्षदेखि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरा पक्राउ

स्याङ्जामा २१ वर्षे बुहारीलाई ४ वर्षदेखि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरा पक्राउ

नेपालखबर
पुस २५, २०७७ शनिबार ३:५४,

स्याङ्जामा बुहारीलाई लामो समयदेखि बलात्कार गरिरहेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दिएको जानकारीअनुसार परिवर्तित नाम वर्ष २१ की आँधीखोला ‘ट’ले दिएको जाहेरीका आधारमा ससुरा परिवर्तित नाम वर्ष ६० का आँधीखोला ‘ठ’लाई पक्राउ गरिएको हो।

हिजो (शुक्रबार) घरबाटै पक्राउ गरिएका उनीविरुद्ध स्याङ्जा जिल्ला अदालतबाट करणीसम्बन्धी कसुर ‘जबर्जस्ती करणी’ मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिएका छन्।

युवतीले उजुरीमा ‘४ वर्षदेखि आफ्नै परिवारका सदस्य ससुराले मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा पटक-पटक जबर्जस्ती करणी गरेको’ उल्लेख गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad