प्रतिनिधि सभा विघटनविरुद्ध ‘वृहत नागरिक आन्दोलन’ निर्माण गरेका नागरिक अगुवाहरुले सडक संघर्षको घोषणा गरेका छन्।
प्रतिनिधि सभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै नागरिक अगुवाहरुले आन्दोलनको घोषणा गरेका कार्यक्रम संयाेजक युग पाठकले जनाएका छन्।
‘प्रतिगमनको सशक्त प्रतिरोध गर्न’ भन्दै घोषणा गरिएका कार्यक्रमहरु यस्ता छन्ः
१. पौष ११ गते शनिबार : शंख एपिसोडसहित कोणसभा
२. पौष १३ गते सोमबार : डम्फु एपिसोडसहित कोणसभा
३. पौष १५ गते बुधबार : धिमे एपिसोडसहित कोणसभा
४. पौष १७ गते शुक्रबार : च्याब्रुङ एपिसोडसहित कोणसभा
५. पौष १८ गते शनिबार : सडक नाटकसहित वृहत् नागरिक सभा
संघर्षका सबै कार्यक्रममा कविता, संगीत लगायतका कलात्मक प्रस्तुति हुनेछन् ।
‘प्रतिगमन विरुद्ध वृहत् नागरिक आन्दोलन’ काे ब्यानर बाेकेर माइतीघर मण्डलामा हरेक दिन दिउँसो २ बजे जुट्ने निर्णय गरेकाे नागरिक आन्दोलनले संघर्षका कार्यक्रममा सहभागिताका लागि सबै वर्गका सचेत नागरिकहरुसँग आग्रह गरेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक आन्दाेलन घाेषणा, अगुवाइमा जुटे यी ५४ जना

प्रतिक्रिया