ad ad

समाज


बल्खुमा जीपको ठक्करबाट एक युवाको मृत्यु, चालक पक्राउ

बल्खुमा जीपको ठक्करबाट एक युवाको मृत्यु, चालक पक्राउ

नेपालखबर
पुस ९, २०७७ बिहिबार २:३३,

ललितपुरको बल्खुमा गए राति जीपको ठक्करबाट एक युवाको मृत्यु भएको छ।

बा२१ च५०६४ नम्बरको जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिका घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकमा पैदल हिँडिरहेको बेला अधिकारीलाई जीपले ठक्कर दिएको हो। जीपको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि तत्कालै नजिकै रहेको बयोधा अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनापछि जीपका चालक राजु तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .