ad ad

समाज


रक्सौलको होटलमा मस्ती, वीरगञ्जमा अपहरणको हल्ला

रक्सौलको होटलमा मस्ती, वीरगञ्जमा अपहरणको हल्ला

नेपालखबर
साउन १६, २०७६ बिहिबार ११:३,

पर्साका एक युवकले भारतको रक्सौलस्थित होटलको कोठामा बसेर आफू अपरणमा परेको हल्ला फिँजाएको पाइएको छ।

विन्दवासिनी गाउँपालिका–४ मधुमल्ला बस्ने २३ वर्षीय उपनेश चौरसियाले रक्सौलको श्याम इन्टरनेसनल होटलको कोठा नं ५ मा बसेर अपरहणमा परेको हल्ला चलाएको प्रहरीले जनाएको छ।

आफ्ना दुई साथीहरु निरञ्जन तिवारी र एजालुल मियाँ अन्सारीलाई मोटरसाइकलमा सँगै रक्सौल लिएर गएका चौरसियाले स्थानीय २१ वर्षीय अनुप दास तत्वलाई बोलाएर बीरगञ्ज पठाई अपरहणमा परेको हल्ला चलाउन लगाएका थिए।

अपहरणको हल्ला फैलाउने अनुप दासलाई प्रहरीले नियन्त्रणमा लिएपछि उपनेशको नाटक खुलेको थियो। प्रहरीले बिहीबार उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

अपहरणको हल्ला गर्ने योजना किन बनाएको भन्ने खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .