कारोबार


जापानमा निगमले दुईवटा चार्टर उडान गर्ने

जापानमा निगमले दुईवटा चार्टर उडान गर्ने

नेपालखबर
साउन १६, २०७६ बिहिबार १०:५९,

आगामी भदौ १२ अर्थात् यही अगस्ट २९ तारिखदेखि जापानको ओसाका उड्नलागेको नेपाल वायुसेवा निगमले अर्को सहर नारितामा २ वटा चार्टर उडान समेत गर्ने भएको छ। ओसाकाबाट नियमित उडानका साथै निगमको जहाजले नारिता विमानस्थलसम्म दुई चार्टर उडान गर्ने बिहीबार विज्ञप्तिमार्फत जनाएको हो।

यसका लागि सुमेघ टुर्स एण्ड ट्राभल प्रालिसँग सम्झौता भएको निगमले जानकारी दिएको छ। चार्टर उडान काठमाडौं–नारिता–काठमाडौं उडान सेप्टेम्बर र अक्टोबर महिनामा हुने पनि निगमले जनाएको छ। जसअनुसार पहिलो उडान २६ सेप्टेम्बरमा काठमाडौंबाट नारिता जाने र २७ सेप्टेम्बरमा काठमाडौं फर्किनेछ।

त्यस्तै दोस्रो उडान अक्टोबर २ मा गई भोलिपल्ट ३ तारिखमा फर्किने निगमले जनाएको छ। चार्टर उडानको समय १४ घण्टा ३० मिनेटको हुनेछ। चार्टर उडानको सुरुवात वाइडबडी ए३३०–२०० विमानबाट हुनेछ।

नारिता र ओसाका उडानले नेपाल र जापानको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने र यात्रुले सुविधापूर्ण सेवा पाउने पनि निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .