उक्त रहस्यमयी रोगका कारण भारतको आन्ध्र प्रदेश राज्यमा हालसम्म २२७ जना बिरामी परेको बीबीसीले जनाएको छ।
यस रोगका कारण एकजनाको भने मृत्यु भइसकेको बताइएको छ।
भारत हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने विश्वकै दोस्रो राष्ट्र हो। यहाँ ९६ लाख ७७ हजारमा कोरोना पुष्टि भइसकेको छ।
त्यस्तै कोरोनाले भारतमा १ लाख ४० हजारको ज्यान लिइसकेको छ।
कोरोना कहरबीच भारतमा नयाँ रहस्यमयी रोग देखा परेपछि मानिसहरु अझ त्रसित भएका छन्।
भारतीय अधिकारीहरुका अनुसार यस रहस्यमयी रोगका कारण मानिसहरुमा पेट दुख्ने, वान्ता हुने र अचेत हुने लक्षण देखिएका छन्।
आन्ध्र प्रदेशस्थित पश्चिम गोदाभरी जिल्लाको इलुरु भन्ने शहरमा पहिलोपटक यस रोग देखिएको थियो। एक हप्तामै यहाँ २२७ जना बिरामी परिसकेको जनाइएको छ।
हाल स्वस्थ्य अधिकारीहरुले यो रोगको बारेमा पत्ता लगाउन अनुसन्धान सुरुवात गरेका छन्।

प्रतिक्रिया