ad ad

समाज


बुटवलमा प्रहरीको गोली लागेर एक युवा घाइते, दुई जना पक्राउ

बुटवलमा प्रहरीको गोली लागेर एक युवा घाइते, दुई जना पक्राउ

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ५:३६,

बुटवलमा प्रहरीको गोली लागेर एक युवा घाइते भएका छन्।

आइतबार बिहान बुुटवलको न्युु कलश रेस्टुुरेन्टमा प्रहरीको गोली लागि काठमाडौं, वसन्तपुरका राकेश न्यौपाने घाइते भएका हुन्। उनको घाँटीमा गोली लागेको र अवस्था गम्भीर रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए।

घाइते न्यौपानेको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी थापाले बताए।

गैंडाको खाग तस्करीमा संलग्नहरु रहेको विशेष सूचनाका आधारमा दुई जना सादा पोसाकका प्रहरी होटलमा पुुगेका थिए। प्रहरीले चार जना बसेको १०५ नम्बरको कोठामा बाहिरबाट चुुक्कुल लगाएर थप टोली मगाएको थियो।

थप टोली नआइपुग्दै उनीहरु ढोका फोडेर भाग्न थालेपछि प्रहरीले गोली चलाएको डीएसपी थापाले बताए। ‘सादा पोसाकमा पुगेका प्रहरीले ढोकाको चुक्कल लगाएर थप टोली माग गरेको थियो’, डीएसपी थापाले नेपालखबरसँग भने, ‘सोही क्रममा उनीहरु ढोका फोरेर भाग्न थालेपछि प्रहरीले गोली चलाएको हो, गोली लागेर एक जना घाइते छन्।

प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तबहादुर थापा र कर्णबहादुर राउत रहेका छन्। एक जना भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .