ad ad

समाज


उच्च अदालत सुर्खेतद्वारा ८४ प्रतिशत मुद्दा फर्छ्याैट

उच्च अदालत सुर्खेतद्वारा ८४ प्रतिशत मुद्दा फर्छ्याैट

नेपालखबर
साउन १४, २०७६ मंगलबार १३:४१,

उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७५/७६ मा ८४ प्रतिशत मुद्दा फर्छाैट गरेको छ। अदालतमा दर्ता भएका ५७७ मध्ये ४८९ वटा मुद्दा फर्छ्याैट गरेको हो।

अदालतका रजिष्ट्रार कृष्णप्रसाद पौडेलका अनुसार आव २०७४/७५ बाट जिम्मेवारी सरी आएका ६४ तथा गत आवमा दर्ता भएकासमेत गरी ५७७ मुद्दाको लगत कायम हुन आएको छ। अदालतले गत वर्ष ३५९ मुद्दा फर्छ्याैटको लक्ष्य लिएको थियो। अदालतले लक्ष्यभन्दा १३० भन्दा बढी मुद्दा फर्छ्याैट गरेको छ।

रजिष्ट्रार पौडेलले मानव बेचबिखन, जबर्जस्ती करणी र घरेलु हिंसासम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेको बताए। चालू आवमा उच्च अदालतले चौथो रणनीतिक योजनासमेत प्रारम्भ गरेको छ। छिटो छरितो न्याय दिलाउने, न्यायपालिकाप्रति जनआस्था बढाउनेलगायतका कार्ययोजना छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .