समाज


म्याग्दीमा जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

म्याग्दीमा जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ९:२९,

म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जिप आइतबार बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो।

दुर्घटनमा परेर जिपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनमा परी जिपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन्।

घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जिपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .