ad ad

समाज


नुवाकोटमा सशस्त्र प्रहरीको एफपीयू प्रि-डिप्लोयमेन्ट तालिम सुरु

नुवाकोटमा सशस्त्र प्रहरीको एफपीयू प्रि-डिप्लोयमेन्ट तालिम सुरु

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार १२:१९,

नुवाकोटको ककनीमा सशस्त्र प्रहरी बलको एफपीयू प्रि-डिप्लोयमेन्ट तालिम सुरु भएको छ।

यूएन शान्ति स्थापना तालिम शिक्षालयमा सञ्चालित एफपीयू प्रि-डिप्लोयमेन्ट तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले उद्घाटन गरे।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा संगठनले दिएको यो अवसरलाई मनन गर्दै विदेशी भूमीमा शान्ति स्थापनार्थ विभिन्न मुलुकका सुरक्षाकर्मीसँग सहकार्य गर्दै शान्ति स्थापनाको कार्यमा उत्कृष्ट योगदान पु-याउन तल्लिन रहनुपर्ने बताए।

उनले संगठनले जिम्मेवारीका क्षेत्रहरुमा रचनात्मक ढंगले दायित्व पुरा गरिरहेको चर्चा गर्दै शान्ति स्थापनार्थ खटिने एपीएफ टोलीले त्यस ठाउँको रीति रिवाज तथा रहनसहनलाई समेत सम्मान गर्दै व्यावसायिक ढंगले दायित्व पुरा गर्नुपर्ने उल्लेख गरे।

तालिममा समावेश भएका एपीएफ अधिकृत तथा जवानहरुले प्रशिक्षणको दौरानमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न कोशिस गर्नुपर्ने चर्चा गर्दै थापाले तालिमबाट आर्जन हुने ज्ञान तथा कला कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै शान्ति स्थापनाको क्षेत्रमा उत्कृष्ट योगदान पु-याउन सधै सकृय रहनुपर्ने बताए।

उनले शान्ति स्थानार्थ खटिएको अघिल्ला टोलीहरुले मिसन इलाकामा प्राप्त जिम्मेवारीलाई व्यावसायिक कुशलतापूर्वक निर्वाह गरेर देश र  संगठनको नामलाई उचाईमा पु-याएको स्मरण गर्दै यस टोलीले समेत सोही अनुरुपको क्षमता विस्तार गर्न तालिमलाई अवसरको रुपमा लिएर लगनशिल भई मेहनत गर्ने विश्वास व्यक्त गरे।

उक्त समारोहमा सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र राईले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गरेका थिए।

सो तालिममा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा परिचालनको लागि छनोट भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रदिपकुमार पालसहित एपीएफ अधिकृत, बिल्लादार तथा जवानहरु गरी कुल १ सय ९८ जना प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन्।

सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु लगाएत एपीएफ अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .