नेपाल र भारतका सैनिक श्रीमती संघका दुई अध्यक्षबीच शिष्टाचार भेटघाट भएको छ।
भारतीय सेनाको श्रीमती संघकी अध्यक्ष विना नरवणे र नेपाली सैनीक श्रीमती संघकी अध्यक्ष दीपा थापाबीच भेटघाट भएको हो।
नेपाली सैनिक श्रीमती संघको कार्यालय भद्रकालीमा भएको भेटघाटमा संघद्धारा संचालित काल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा नरवणेलाई जानकारी गराइएको सेनाले जनाएको छ।
अध्यक्ष नरवणेले संघका पदाधिकारीसँग अन्तरक्रिया समेत गरेकी छन्। विना नरवणे भारतीय सेनाध्यक्ष समेत रहेका श्रीमान मनोज मुकुन्द नरवणेसँगै बुधबार नेपाल भ्रमणमा आएकी हुन्।

प्रतिक्रिया