स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन्।
उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन्।
बिहानको समयमा भूकम्प आएको हुनाले धेरै मानिसहरू घरभित्रै रहेको र धेरै घरहरु भत्किएको बताइएको छ।
टापु नै टापुहरु रहेका बातान्स प्रान्तमा झण्डै चार घण्टाको अन्तरलमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो।
पहिलो भूकम्प स्थानीय समयानुसार बिहान ४.१५ मा गएको एएफपीले जनाएको छ।
भूकम्पपछि सुनामी आउन सक्ने संभावना नदेखिएको अधिकारीहरुले बताएका छन्। खोजी तथा उद्धार कार्यलाई तिव्रता दिइएको छ।
धेरै भूकम्प आउने देशमा पर्ने फिलिपिन्समा अहिलेको भूकम्पमा परी अहिलेसम्म झण्डै ६० जना घाइते भेटिएको मेयर राउल डे सागोनले जानकारी दिए।
प्रतिक्रिया