ad ad

समाज


कालीगण्डकी नदीमा डुबेर मजदुर बेपत्ता

कालीगण्डकी नदीमा डुबेर मजदुर बेपत्ता

नेपालखबर
असोज २६, २०७७ सोमबार १५:२३,

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार–१ स्थित कालीगण्डकी नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ घर भएका २२ वर्षीय छत्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ।

नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। उनका अनुसार बेपत्ता भएका शाही कालीगण्डकी करिडोरमा काम गर्ने मजदूर रहेका हुन्।

घटनालगत्तै प्रहरी र स्थानीयवासीद्वारा कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .