समाज


पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति?

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति?

नेपालखबर
असोज ७, २०७७ बुधबार ११:११,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका ६३७ सहित देशभरमा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

देशभरको प्रयोगशालामा ९ हजार ४५९ नमुना परीक्षण गर्दा १ हजार १७२ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ।

बुधबार पनि सबैभन्दा बढी काठमाडौँमा ४९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै अन्यि बढी संक्रमित थपिने जिल्लामा भक्तपुरमा ९५, रुपन्देहीमा ६७, ललितपुरमा ५०, सुर्खेतमा ४९ र मोरङमा ४४ जना रहेका छन्।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए??

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .