ad ad

समाज


काठमाडौँ र ललितपुरका यी ठाउँमा आज दिनभरी जाँदैछ बिजुली

काठमाडौँ र ललितपुरका यी ठाउँमा आज दिनभरी जाँदैछ बिजुली

नेपालखबर
भदौ २७, २०७७ शनिबार २:३७,

काठमाडौं र ललितपुरका धेरैजसो ठाउँमा आज (शनिबार) दिनभरी बिजुली जाने भएको छ।

विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि काठमाडौं र ललितपुरका केही ठाउँमा शनिबार बिजुली काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

ती ठाउँमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिजुली काटिने छ। कुलेश्वर वितरण केन्द्रको बालाजु स्वयम्भू फिडरबाट वितरित स्वयम्भू, अजिमा हल, भगवान पाउँ, सानो भर्याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोकलगायतका ठाउँहरुमा आज दिनभर विद्युत अवरुद्ध हुनेछ।

चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्नुपर्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म ती ठाउँमा बिजुली काटिने प्राधिकरणले जनाएको छ।

त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने छ। यसबाट धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारालगायतका क्षेत्रमा बिजुली आउने छैन।

बालाजु वितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गतको काठमाडौं महानगरपालिका १५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतीय संरचनाहरु सार्न बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म वनस्थली, गंगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायीक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .