समाज


नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ हजार नाघ्यो

नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ हजार नाघ्यो

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १०:३५,

नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad